समाचार

माओवादी केन्द्र उपत्यका प्रदेशको अध्यक्षमा सिंखडा

२७ मंसिर २०७८, सोमबार ०२:३३
माओवादी केन्द्र उपत्यका प्रदेशको अध्यक्षमा सिंखडा

२७ मंसीर, काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न प्रथम अधिवेशनले सिंखडाको नेतृत्वमा टिम बनाएको हो। जसको उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सचिवमा सुरेन्द्र बस्नेत  तथा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए ।

शनिबार काठमाडौंमा उद्घाटन भई आइतबार रातिसम्म चलेको वन्द सत्रमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण  पोखरेलले गरेका थिए । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौंमा हुँदैछ । सोहीअन्तर्गत प्रदेश सम्मेलन आयोजना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्