काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ ।
गीतमा चर्चित गायक बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर दिएका छन् भने शंकर अधिकारी घायलले शब्द दिएका छन् ।
गीत ‘मायालाई चिनो’मा सिनेमाका मुख्य दुई पात्र धिरज मगर र सुहाना थापाको लभ केमेष्ट्री देखाइएको छ । गीतमा धिरज गुरुङ र सुहाना मधेसी समुदायको पात्रमा चित्रित छन् ।
अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा धिरज र सुहानासँगै विपीन कार्की, कबीर खड्का, संजोग रसाइलीलगायत कलाकारको अभिनय छ । सुनीलकुमार थापाको निर्माण रहेको सिनेमाको निर्देशन झरना थापाले गरेकी हुन् । चलचित्र भदौ २९ गते रिलिज हुँदै छ ।