६ भदौ, काठमाडौं। काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ ।
दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ। बस त्रिशूली नदीमा खसेको हो। अहिले स्थानीय र प्रहरीले उद्दार गरिरहेका छन्। बस बिहान साढे सवा ११ बजेतिर त्रिशूलीमा खसेको हो। घाइतेहरूलाई गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुखले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी छ।