जीवनशैली

जाडोमा मुला खानुका अनेकौं फाइदाहरु

२७ मंसिर २०७८, सोमबार ०२:२१
जाडोमा मुला खानुका अनेकौं फाइदाहरु

काठमाडौं । जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला ।

तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो  । यसलाइ सलाद र तरकारीको रुपमा खान सकिन्छ । विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन् ।

रोग प्रतिरोधी क्षमता विकास गर्छ

मूलामा उच्च मात्रामा भिटामिन सी पाइन्छ जसले चिसो मौसममा हुने कफ वा रुघा–खोकीबाट जोगाउँछ । मूलाले शरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउने काम गर्छ । मूलाले शरीरलाई सिन्निन र जलन कम महसुस गराउन सहयोग गर्छ ।

क्यान्सरबाट बचावट

क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ । त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मूलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ । मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरुले बताएका छन् ।

  • दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।
  • हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।
  • मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ ।
  • दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ ।
  • मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।
  • गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ । मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ । जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्