खेलकुद

महिला टी २० क्रिकेट: कुवेतबिरुद्ध नेपाल ब्याटिङमा

६ भाद्र २०८०, बुधबार ०६:२६
महिला टी २० क्रिकेट: कुवेतबिरुद्ध नेपाल ब्याटिङमा

६ भदौ, काठमाडौं। मलेसियामा जारी चार देश सहभागी महिला टी २० क्रिकेट प्रतियोगिता अन्र्तगत अहिले  नेपाल र कुवेत भिड्दैछन् ।

मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ। लेग स्पिनर खुशी डंगोललाई डेब्यू दिएको छ। त्यस्तै ईश्वरी विष्टलाई पनि आजको खेलमा मौका दिएको छ। खुशी र ईश्वरी टोलीमा आउँदा अश्मिना कर्माचार्य र अप्सरी बेगमलाई बेन्चमा राखेको छ।

पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको नेपालले आज पनि सोही लय कायम राख्ने प्रयासमा  छ । आजको खेलमा नेपाल विजयी भएमा शीर्ष दुईमा रहेर फाइनल नजिक पुग्ने छ भने कुवेत भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएकाले आज जित निकाल्दै प्रतियोगितामा टिकिरहने लक्ष्यमा छ ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको । नेपालले सिरिजको पहिलो खेल जितका साथ सुरुआत गरेको थियो। मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्