जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली



२६ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

‘यदि कुनै पनि हिसाबले हामीलाई जातको आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर विद्वेष, घृणा र फाटो ल्याउनेहरूको योजना सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यति वेला देश जोगाउन सकिँदैन,’ महासंघमा सम्बद्ध नेता–कार्यकर्ताको ध्यानाकर्षण गराउँदै ओलीले भने, ‘हाम्रो देशको विविधता यथार्थ हो । सामाजिक सद्भाव र एकताले मात्र एकताबद्ध, सद्भावयुक्त, आधुनिक, समृद्ध नेपाल र सुखी नेपाली बनाउन सक्छौँ ।’

उनले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए । उनले भने, ‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ । देश अगाडि बढ्छ ।’

समृद्ध नेपाल सुखि नेपाली भनेको सबै जाति, भाषा, संस्कृतिका सबै भुगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो । पहिचानलाई विकृत रुपमा हामीले लिनु हुँदैन । पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हीतका लागि पहिचान हो । आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र ? हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो । समानताका लागि हो । सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा । विभेदका लागि पनि होइन । असमानताका लागि पनि होइन । र विद्वेषका लागि हुँदै होइन । पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन । विद्वेषका लागि होइन । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो । त्यसकारण यस दिशामा अगाडी बढौँ भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

आज गणेश चतुर्थी पर्व मनाइँदै

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका

पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला

यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत

दिदीबहिनीको रक्षाको लागि दाजुभाइ ब्रत बस्ने अट्वारी पर्व

पछिल्ला दिनहरुमा मौलिक संस्कृती मनाउने शैलीमा समेत परिवर्तन आउन थालेको छ। जसले गर्दा

प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन

विसं २०१० सालतिर अभदुत देवनाथ योगी(नागा बाबा)ले यही क्षेत्रमा बसी साधना गरेको जानकारी

 सामाजिक सञ्जालमा हामी