एमालेमा पूर्वमाओवादी समूह असन्तुष्ट



१३ असोज, काठमाडौं । दलहरुले चुनावका उम्मेदवार टुंग्याउँदै गर्दा एमालेमा रहेका पूर्वमाओवादी नेता असन्तुष्ट बनेको चर्चा सुरु भएको छ ।

उनीहरु असन्तुष्ट रहेको र माओवादीमै फर्किन लागेको भन्ने कोणबाट समाचारहरु प्रकाशित भइरहेका छन्। यसको सत्यता बुझ्न हामीले पूर्व माओवादी समूहका केही नेताहरुसँग कुरा गर्‍यौं । माओवादीमै फर्किने तहको असन्तुष्टि नभएको बताए ।

तत्कालीन नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामै फर्किदा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरी एमालेमै बसेको थिए । उनीहरुलाई माओवादीले कारवाही गरेपछि संघीय सांसद पद गुमेको थियो । त्यस्तै करिब दर्जन प्रदेशसभाका सांसद पनि एमालेमै रहेका थिए।

प्रत्यक्ष चुनाव जितेका पूर्व माओवादी समूहका लगभग धेरैले एमालेबाट टिकट पाए पनि समानुपातिकमा नसमेटिएको भन्दै केही असन्तुष्टि भने रहेको ती नेताको भनाइ छ । ‘प्रत्यक्ष सांसद जति थिए ती चाहिँ करिब-करिब आएका छन्,’ उनको भनाइ छ, ‘समानुपातिक अलि मिलेको छैन । समानुपातिक सूची बनाउँदा सन्तुलन बिग्रियो भन्ने हाम्रा तिरका साथीहरुको गुनासो छ ।’

गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : महासचिव देव गुरुङ

उनले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । ‘हामीले पार्टीको पदाधिकारी बैठकमा चुनावको

दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी

माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

बाजुराको प्रदेश सभा १ मा नेकपा (एकीकृत समाजवादीका) नरेशकुमार शाही र २ मा

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

माओवादीले प्राप्त गर्ने सिट कांग्रेस र एमालेले प्राप्त गर्ने आधाभन्दा कम भएकाले कांग्रेस

 सामाजिक सञ्जालमा हामी