राप्रपामा प्रवेश गर्दा मिश्र भने ‘ आफुले ५ वर्ष मेनु हरे हरे लाष्टमा मःम’



१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टी छाडेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । राप्रपामा उनलाई वरिष्ठ उपाध्यक्षको हैसियत दिइएको छ ।

 ‘रेस्टुराँमा गएर मेनु हेर्‍यो हेर्‍यो, लाष्टमा मःम मगायो !’ पछिल्लो पाँच वर्षमा रवीन्द्र मिश्रले मतदाताको विवेकमाथि यसरी धेरै पटक व्यंग्य गरेका छन् । पत्रकारिता छाडेर सुरुमा साझा पार्टी र पछिल्लो समय विवेकशील साझा पार्टीको नेतृत्व गरेका मिश्रले थुपै सार्वजनिक मञ्चहरुमार्फत वैकल्पिक शक्तिमाथि विश्वास नगरी पुरानै दललाई भोट हाल्ने गरेको भन्दै मतदाताको विवेकमाथि प्रश्न उठाएका थिए ।

पत्रकारिताबाट आर्जन गरेको पहिचानको प्रयोग गर्दै मिश्रको नेतृत्वमा २०७३ सालमा साझा पार्टी गठन भएको थियो । ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने नारा लगाउने मिश्रले राजनीतिक रूपमा ठूलो परिवर्तनको छाँट त देखाएका छैनन्, उनको विचार, स्थायित्व र दल परिवर्तनको आयाम भने फराकिलो हुँदै गएको छ ।

वैकल्पिक शक्ति बनाउने भन्दै २०७३ फागुनमा साझा दल खोलेका मिश्रले विवेकशील नेपाली पार्टीसँग दुई पटक एकता गरे, विवेकशील साझा पार्टीको अध्यक्ष पनि भए । २०७४ बाग्मती प्रदेशसभामा समानुपातिक पद्धतितर्फ तीन सिट पाएको यो दलले प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जित्न सकेन ।

मिश्र आफैं काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका थिए । फुट र एकताको श्रृङ्खला चलेको यो पार्टीले गति लिनुको साटो एकपछि अर्काले छाड्न थाले । नेता बन्ने हुटहुटी भएका मिश्रले १३ साउन २०७८ मा ‘विचारभन्दा माथि देश’ भन्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि विवेकशील साझा झन् विवादमा फस्यो ।

सञ्चारकर्मीको रूपमा आर्जित प्रतिष्ठाको जगमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्घोषसहित राजनीतिक रंगमञ्चमा आएपछि मिश्रलाई फरक–फरक पृष्ठभूमिका डा. सुर्यराज आचार्य, डा. सरोज धिताल, डा. दिनेश प्रसाई, मुमाराम खनाल, रेशु अर्याल, किशोर थापा, केशव दाहाल लगायतले साथ दिएका थिए ।

गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : महासचिव देव गुरुङ

उनले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । ‘हामीले पार्टीको पदाधिकारी बैठकमा चुनावको

दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी

माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

बाजुराको प्रदेश सभा १ मा नेकपा (एकीकृत समाजवादीका) नरेशकुमार शाही र २ मा

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

माओवादीले प्राप्त गर्ने सिट कांग्रेस र एमालेले प्राप्त गर्ने आधाभन्दा कम भएकाले कांग्रेस

 सामाजिक सञ्जालमा हामी