घरमा सुत्केरी हुनेको सङ्ख्या घट्यो



कालीकोट। रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताए।

गर्भवतीले नियमित गर्भ परीक्षण गराउने र उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेकाले घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्यमा झरेको उनको भनाइ छ । नगरपालिकामा नौवटै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने गरेका प्रमुख बरालले बताए। ‘नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरीआधारभूत स्वास्थ्य एकाइमार्फत सेवा दिँदै आएको छ,’ उनले भने।

रास्कोट नगरपालिका–१ का स्थानीय माया सञ्ज्यालले भनिन्, ‘पहिला घरमा मात्रै सुत्केरी गराउने चलन रहेको थियो। नजिकै अस्पताल थिएनन्। तर अहिले स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा सुरक्षित हुन्छ ।’

अहिले स्थानीयस्तरमा नै विशेषज्ञसहितको सेवा प्राप्त भएपछि उपचार सहज भएको स्थानीयको भनाइ छ ।

२५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख

‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गर्ने योजनामा सान्नी त्रिवेणी

गाउँपालिकाअन्तर्गत हरेक वडामा ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गरिने अध्यक्ष मोहनबहादुर केसीले बताए । चालु

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिँदै सान्नी त्रिवेणी

विद्यालयमा उपलब्ध गराइने इन्टरनेट सेवाका लागि लाग्ने लागत प्राधिकरणले नै व्यहोर्ने सहमति भएको

सान्नी त्रिवेणीले सामुदायिक विद्यालयकाे दिवा खाजामा स्थानीय परिकार खुवाउँदै

विद्यार्थीलाई स्थानीय उत्पादनबाट खिर, लिटो, फलफुल, दातभात, रोटीलगायत ६ दिनसम्म मिलाएर खाजा खुवाउने

 सामाजिक सञ्जालमा हामी