‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गर्ने योजनामा सान्नी त्रिवेणी



कालिकोट। सान्नी त्रिवेणी गाउँपालिकाले ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाअन्तर्गत हरेक वडामा ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गरिने अध्यक्ष मोहनबहादुर केसीले बताए । चालु आव २०८०/८१ बाट हरेक वडाका वडाध्यक्षसंग जनता कार्यक्रमसञ्चालन गर्ने योजना रहेको अध्यक्ष केसीले बताए ।

कार्यक्रमका लागि बजेट विनियोजन गरिसकेको तथा आउँदो फागुन, चैत र बैशाख महिनाबाट लागु गरिने उनले बताए । गाउँपालिकाअन्तर्गतका ‘हरेक वडाका वडाध्यक्ष गाउँघरमा गएर जनताका समस्याबारे बुझेर उहाँहरुले नै समाधान गर्ने योजना छ’ उनले भने । वडाध्यक्षकोे समयअनुसार कार्यक्रम गर्नेछन उनले बताए ।

आ-आफ्नो वडामा जनताका वास्तविक समस्या बुझेर समाधान हुन्छ । कार्यक्रमलाई प्रभावकारी बनाउने अध्यक्षको विश्वास छ ।

घरमा सुत्केरी हुनेको सङ्ख्या घट्यो

कालीकोट। रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नागरिकस्तरमा

२५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिँदै सान्नी त्रिवेणी

विद्यालयमा उपलब्ध गराइने इन्टरनेट सेवाका लागि लाग्ने लागत प्राधिकरणले नै व्यहोर्ने सहमति भएको

सान्नी त्रिवेणीले सामुदायिक विद्यालयकाे दिवा खाजामा स्थानीय परिकार खुवाउँदै

विद्यार्थीलाई स्थानीय उत्पादनबाट खिर, लिटो, फलफुल, दातभात, रोटीलगायत ६ दिनसम्म मिलाएर खाजा खुवाउने

 सामाजिक सञ्जालमा हामी