समाचार

सान्नी त्रिवेणीले सामुदायिक विद्यालयकाे दिवा खाजामा स्थानीय परिकार खुवाउँदै

२९ जेष्ठ २०८१, मंगलवार ०८:११
सान्नी त्रिवेणीले सामुदायिक विद्यालयकाे दिवा खाजामा स्थानीय परिकार खुवाउँदै

कालिकोट। सान्नी त्रिवेणी गाउँपालिकाले दिवा खाजामा स्थानीय उत्पादनको सदुपयोग गर्न थालेको छ ।

विद्यार्थीहरुको स्वास्थ्य र कोदो, मकै, फापर, आदिको बजारीकरणका लागि दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताए छन् ।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको रुटिन बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो ।

विद्यार्थीलाई स्थानीय उत्पादनबाट खिर, लिटो, फलफुल, दातभात, रोटीलगायत ६ दिनसम्म मिलाएर खाजा खुवाउने गरेको उनले सुनाए । सामुदायि विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थी भएपनि ३ हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको शिक्षा अधिकृत धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्