गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक योजना सार्वजनिक



काठमाडौँ । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि १ वैशाख २०८१ देखि ३ वैशाख २०८१ सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको जनाएको छ।

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

त्यस्तै, आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४०

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ

ग्रीन हिल सिटीमा पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री,

 सामाजिक सञ्जालमा हामी