कस्ताे रहला आजकाे मौसम ? यस्ताे छ पूर्वानुमान



२४ चैत,काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरू ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राजापुर नगरपालिका पाँचौं मेयर कप: कालिका मा.वि पहिलो

 मेयर कपमा ३४ मेडलसहित कालिका मा.वि. साेनपुर प्रथम, १७ मेडल जनचेतना मा.वि.द्वितीय र

राजापुर नगरपालिकाले किन्यो महावीर पुनसँग एक सय ५ थान पुस्तक

नगर प्रमुख दिपेश थारुले महावीर पुनबाट एक सय ५ थान पुस्तक किनेर सहयोग

राजापुर नगरपालिकाद्वारा दुग्ध किसानलाई अनुदान

सो अवसरमा बोल्दै उप -मेयर चौधारीले स्तानीय सरकारले कृषि र पशुपालनलाई स्थानीय सरकारको

युवापुस्तालाई सपना र यथार्थबीच फरक संझाउने उपन्यास ‘ड्रिम लभर’ बजारमा

कविता, गीत र निबन्धसहित विभिन्न विधामा यसअघि नै करिब एक दर्जन कृति प्रकाशन गरिसकेका

 सामाजिक सञ्जालमा हामी