स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन



२५ मंसिर, काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गरेका छन् ।

भरतपुर अस्पतालमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सोमबार स्वास्थ्य मन्त्री बस्नेतले उक्त वर्थिङ युनिटको उद्घाटन गरेका हुन् ।कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिँदै चितवनलाई साँच्चिकै मेडिकल हबको रूपमा विकास गर्नका लागि स्वदेशमै पढ्न पाउने अवस्था सिर्जना गर्न आवश्यक रहेको बताए ।

नेपालको सरकारी स्वास्थ्य सेवामा विगत अढाई दशकदेखि स्वास्थ्यकर्मीको दरबन्दी नबढेकाले आफ्नो पूर्ण ध्यान दरबन्दी बढाउनेमा रहेकाले यसै वर्षभित्र हजारौँको सङ्ख्यामा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने उनले दाबी गरेका छन् ।

मन्त्री बस्नेतले विगत ६ महिनाको अवधिमा स्वास्थ्य क्षेत्रको सुधारका धेरै काम सुरु भएको बताउँदै आउँदो ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्ने दाबी पनि गरेका छन् । कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, अस्पतालका प्रमुख, चिकित्सकहरू र स्वास्थ्यकर्मीको सहभागिता थियो ।

नेपाली चिकित्सबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको

बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौँ : मन्त्री बस्नेत

मन्त्री बस्नेतले आजै बाह्रबीसे नगरपालिका–४ सिन्धुपाल्चोकको ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन

शुक्रराज अस्पतालमा कुकुरले टोकेका बिरामी बढ्दै

कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य

 सामाजिक सञ्जालमा हामी