१८ माघ, काठमाडाैँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ। बैठकले स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिनेछ।
स्थायी समिति बैठक मंगलबार पनि बाेलाइएकाे थियाे। पार्टीकाे संगठनसम्बन्धी गृहकार्य नसकिएकाले आज पनि बैठक बस्न लागेकाे हाे। बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।