समाचार

रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

८ माघ २०७९, आईतवार १५:२३
रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् ।

पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेकाे हो ।

उपनेताको जिम्मेवारी पाएका श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकको जिम्मेवारी दिइएको परिवार समानुपातिक सांसद हुन् ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यस्तै सांसद डिपी अर्याल श्रम, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् । रास्वपा सांसद इन्दिरा राना मगर शनिबार मात्र उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्