१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर आफ्ना सासंदहरुसंग केही बेर छलफल गरेपछि उहाँले सभामुखलाई भेट्न लाग्न् भएको रास्वपा स्रोतले जनाएको छ ।
सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित हुनु भएको थियो ।