२९ भदौ,काठमाडौँ। नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ । असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो । यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।
नयाँ समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो । महासङ्घले यसअघि अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासङ्घसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले निकाल्नुभएको विज्ञप्तिमा आज मतदाता सूची सार्वजनिक गर्ने भनिएको छ ।
त्यस्तै असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते साँझ ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज ५ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान र १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने जनाइएको छ ।