९ पुस, काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ ।
शुक्रबा बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको छ । पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज तथा राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजमाथि सदस्यहरूको सुझाव लिने बैठकको मुख्य कार्यसूची छ ।