९ पुस, जनकपुर। नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन्।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै कृष्ण विजयी भएका हुन्। देउवा पक्षीय नेता कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ सय ५५ मत पाए।
पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो। मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो। विजयी कृष्णले जनकपुरधामलाई सबैको आफ्नो बनाएर प्रदेश २ मा एक काँग्रेस बनाउने बताए।