१० मंसिर,काठमाडौँ । नेपाल र तत्कालीन इस्ट–इन्डिया कम्पनीबीच एक सय वर्षअघि भएको मैत्री सन्धिको आइतबार सम्झना स्वरुप कार्यक्रम गरिएको छ ।
नेपाल–बेलायत मैत्री सन्धि–१९२३ को सम्झना गर्न हनुमान ढोका दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरिएको थियो । त्यस अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले उक्त सन्धिको महत्वको बारेमा बताएका थिए ।
नेपालका लागि बेलायती राजदूत रोब फेन र इतिहासविद् प्राध्यापक त्रिरत्न मानन्धरले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।