एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ।
बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण अहिले विश्वभरि फैलिरहेको छ। तर अहिलेसम्म ओमिक्रोन संक्रमणबाट ज्यान गएको यो नै पहिलो घटना हो।
बेलायत सरकारले ओमिक्रोन फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन संकटकाल घोषणा गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।